मंसिर २१, २०७८ मंगलबार

हुम्लाको सिमकोटमा दलित तथा विपन्नलाई खाद्यान्न

Day Khabar २०७७ मंसिर १७, बुधबार

काठमाण्डौंः हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ३ बरगाउँका विपन्न तथा दलित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

सोही वडाका तोर्पा गाउँका प्रेम दोर्जे लामाले व्यक्तिगत सहयोग तथा छिरिन पाल्देन लामाको सहकार्यमा मङ्सिर १४ गते खाद्यान्न वितरण गर्नुभएको हो । कोभिड १९ का कारण केही राहत होस् भन्ने भनेर बरगाउँका ४३ दलित तथा अति विपन्न वर्ग, पिछडिएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको छिरिन पाल्देन लामाले बताउनुभयो ।

उक्त गाउँका प्रतिघरलाई २५ किलो चामल वितरण गरिएको लामाले बताउनुभयो । हुम्लाबाट पहिलो सगरमाथा आरोही प्रेम दोर्जे लामाले मङ्सिर १४ गते नेपालगञ्जबाट हवाइजहाज मार्फत चामल ढुवानी गरी गाउँमा सो सहयोग गर्नुभएको हो ।

देशभर कोभिड १९ शुरु भएदेखि नै बरगाउँका दलितलाई खानाको समस्या हुने भएपछि आफूले सानो सहयोग गरेको लामाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्