मंसिर २१, २०७८ मंगलबार

जुम्लामा ३६ लाख लगानीमा विद्यालय भवन बन्दै

Day Khabar २०७७ फागुण १३, बिहिबार

काठमाण्डौःजुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित अशोक नमुना आधारभूत विद्यालयमा ३६ लाख लगानीमा चार कोठे पक्की विद्यालय भवन बन्ने भएको छ । नगरपालिका प्रमुख कान्तिका सेजुवालले बुधबार चार कोठे भवनको शिलान्यास गरेसँंगै निर्माण प्रक्रिया अघि बढेको हो ।

मेयर कान्तिका सेजुवालले अशोक नमुना विद्यालयमा विद्यार्थीको संख्या बढ्दै गएको र भवन जीर्ण भएकाले पठनपाठनलाई सहज गर्न नयाँ भवन निर्माण गर्न थालिएको बताइन् । उनले भनिन्, “नगरभित्र निजी विद्यालय धेरै हुँदा सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून थिए । पछिल्लो समय व्यवस्थापन समिति क्रियाशील भएपछि विद्यार्थी ह्वात्तै बढेका छन् । त्यसैले सुविधा सम्पन्न विद्यालय भवन निर्माण थालेका छौ ।” विद्यालय भवन निर्माणका लागि नगरपालिकाले चालू आवमा ३६ लाख बजेट विनियोजन गरेको मेयर सेजुवालको भनाइ छ ।

मैत्रीपूर्ण कक्षा कोठासहितको विद्यालय भवन चालू आवको असारसम्म निर्माण सम्पन्न मेयर सेजुवालको भनाइ छ ।
व्यवस्थापन फितलो भएकै कारण एक डेढ वर्ष पहिले २७ जनामात्रै विद्यार्थी थिए । सबै विद्यार्थी सदरमुकाममा रहेका निजी विद्यालयले तानेका थिए । तर नयाँ विव्यसमा युवा टिम आएपछि डेढ वर्षमै विद्यार्थी संख्या २ सय ५० पुगेको छ ।

विव्यवस अध्यक्ष महेन्द्र कार्कीले भने, “डेढ वर्ष पहिले २७ जना विद्यार्थीमात्रै थिए । नयाँ विव्यस आएपछि अहिले २ सय ५० पुगेका छन् । विद्यार्थी संख्या बढेपछि भवन अभाव भएको छ ।” अब नगरपालिकाको पहलमा ४ कोठे भवन बन्ने भएपछि राहत पुग्ने अध्यक्ष कार्कीको भनाइ छ ।
सरकारी विद्यालयमा बालबालिकाको पहुँच वृद्धिका लागि व्यवस्थापन पहिलो प्राथमिकता हो । अशोक नमुना आधारभूत विद्यालयमा नयाँ विव्यस आएपछि अग्रेजी माध्यमबाट पढाइ सुरु भयो । बालमैत्री वातावरण पनि सिर्जना भएपछि विद्यार्थी ह्वात्तै बढेको विद्यालयका प्रधानाध्यापक भगवती श्रेष्ठले बताइन् ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्