मंसिर २१, २०७८ मंगलबार

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

Day Khabar २०७७ फागुण २४, सोमबार

काठमाण्डौंः  आगामी  जेठमा  सञ्चालन  हुने  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)को  तयारीमा  जुटेका  विद्यार्थीले  तोकिएअनुसारको  पूरै  पाठ्यक्रम  अध्ययन  गर्नुपर्ने  भएको  छ । पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण  नगरिएको  र  पूरै  पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको  तयारी  गर्नुपर्ने  जानकारी  सम्बद्ध अधिकारीले दिएका छन् । राष्ट्रिय  परीक्षा  बोर्डका  एसईईतर्फका  परीक्षा  नियन्त्रक  रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको  र  पूरै  पाठ्यक्रमबाट  प्रश्नसमेत  आउने  जानकारी  दिए । उनले  भने,  “हामीले पढाउने कुराको सहजताका लागि  कुन  विद्यार्थी  स्वअध्ययन  गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै  पाठ्यक्रमबाट  प्रश्नपत्र  आउन  सक्छ  भन्ने  हिसाबले  परीक्षाको  तयारी  अघि  बढाउनुपर्ने  उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्