मंसिर २१, २०७८ मंगलबार

मध्य भोटेकोशीको आईपिओ आजदेखि

Day Khabar २०७८ असोज २०, बुधबार

मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई आज असोज २० गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्बसाधारणलाई ९० लाख कित्ता शेयर निष्काशन गरेको हो ।

९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ । त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । यस आईपिओमा सर्बसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।

सो अवधिसम्ममा आवेदन नपरे कार्तिक ७ गतेसम्म आवेदन दिन सकिने छ । तर माग भन्दा बढीको आवेदन पर्ने र यस आईपिओ पनि गोलाप्रथाबाट नै बाँडफांड हुने देखिन्छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।

कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन्  । यदि आवेदन दिएमा रद्द हुने छ  ।  बिज पाटीबाट https://bizpati.com/punjibazar/53303

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्