मंसिर २१, २०७८ मंगलबार

नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

Day Khabar २०७८ असोज २७, बुधबार

नेपाली फुटबल टीम माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा फाइनल प्रवेश गरेको छ।

बुधबार माल्दिभ्सको राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो।

बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए। बराबरीसँगै नेपालले चार खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको माल्दिभ्सको ६ अंक र तेस्रो स्थानमा भारतको ५ अंक छ।

नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।  फाइनलमा पुग्न माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जीत चाहिन्छ। यो खेलको नतिजा पछि नेपालले फाइनलमा भिड्ने टिमको टुंगो लाग्नेछ। नेपालले यसअघि खेलेका १२ संस्करणमा फाइनलमा स्थान बनाउन सकेको थिएन।

नेपाली फुटबलको लागि यो ऐतिहासिक सफलता हो।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्