मंसिर २१, २०७८ मंगलबार

मध्य भोटेकोशीको आईपीओ २४ लाखले बढीले भरेः ३३% ले मात्रै पाउने

Day Khabar २०७८ असोज २७, बुधबार

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिन सोमबार साँझ ५ बजेसम्ममा २४ लाख ७६ हजार ४८१ जनाले आवेदन गरेका छन् ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार २४ लाख ७६ हजार ४८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ता शेयरका लागि आवेदन परेको हो। जुन सर्वसाधारणबाट माग भएको शेयर (८१ लाख ९० हजार) को ४.५६ गुणा धेरै हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँमा कम्पनीको आईपीओ ८ लाख १९ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् । प्रारम्भिक तथ्याङ्क अनुसार नै १६ लाख ५७ हजार ४८१ जना आवेदनकले शेयर नपाउने देखिएको छ । यो कुल आवेदकको ६६.९३ प्रतिशत हो । कुल आवेदकको ३३.०७ प्रतिशतले मात्र आईपीओ पाउनेछन् ।

कम्पनीले गत असोज २० गतेबाट कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी ८१ लाख ९० हजार कित्ता शेयरको लागि सर्वसाधरणबाट आवेदन माग गरेको थियो ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी आईएस रेटिङ प्रदान गरेको छ ।

सर्वसाधारणमा आईपीओ जारी गर्नुपूर्व कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता र आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका बासिन्दाहरुलाई ६० लाख कित्ता शेयर बाँडफाँड गरिसकेको छ । कम्पनीले सर्वसाधारणमा १ अर्ब ५० करोड बराबरको आईपीओ बिक्री गर्न वैशाख ५ गते धितोपत्र बोर्डको अनुमति पाएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५० करोड छ । सर्वसाधारणमा आईपीओ बाँडफाँडपछि ६ अर्ब पूँजी पुग्नेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार छ । नोटबजारबाट

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्