मंसिर २१, २०७८ मंगलबार

न्यादी हाइड्रोपावरको आईपिओ बाँडफाँडः यी ५ तरिकाबाट हेर्नुहोस नतिजा

Day Khabar २०७८ कार्तिक ५, शुक्रबार

न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ बाँडफांड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड गरेको हो ।

आईपिओमा २२ लाख ५५ हजार ८४ जना आवेदकले २ करोड ७० लाख ८९ हजार १ सय ५० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये १३ हजार ९ सय ४६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २२ लाख ४१ हजार १ सय ३८ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार  गोलाप्रथा मार्फत २ लाख ९ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २० लाख ५२ हजार बढी आवेदक हात खाली भएका छन् ।

कम्पनीको आईपिओको नतिजा निम्न तरिकाबाट हेर्न सकिन्छ

न्यादी हाइड्रोको वेबसाइट https://nhl.com.np/

बिकी प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://www.globalimecapital.com/

सह बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/

सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्