कार्तिक ११, २०७७ मंगलबार

२ नम्बर प्रदेश सरकारले सांसदलाई भुक्तानी नदिदा लगातार संसद अवरुद्ध

Day Khadar २०७६ पुष २४, बिहिबार

काठमाण्डौ: २ नम्बर प्रेदेश सरकारले सांसदहरुका लागि विनियोजन गरिएको बजेट भुक्तानी गर्न नसक्दा लगातार संसद बैठक अवरुद्ध हुन थालेको छ ।

आज बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक समेत सूचना टाँस गरेर स्थगित गरिएको छ । त्यस्तै प्रदेश संसद सचिवालयले २८ पुस दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएको छ ।

गएको १७ पुसबाट शुरु भएको अधिवेशन सांसदहरुको अवरोध पछि बस्न सकेको छैन । आर्थिक वर्ष २०७५/०७६ मा सांसदहरुका लागि विनियोजन गरिएको बजेट भुक्तानी नभए पछि प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएको देखिन्छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रष्ट जवाफ नदिए सम्म बैठक सञ्चालन हुन नदिने सांसदहरुको भनाइ छ । अहिलेसम्म काम भइसकेका आयोजनाहरुको प्रदेश सरकारले भुक्तानी गर्न सकेको छैन ।

प्रदेश सरकारले सांसदहरुलाई निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि २ करोड र संसदीय विकास कोषका लागि एक करोड विनियोजन गरेको छ । प्रदेश सरकारले बजेट विनियोजन गरेपछि सांसदहरुले पूर्वाधार विकास लगायतका काम अगाडि बढाए पनि अझै बजेट भुक्तानी रोकिएको छ ।

प्रदेश–२ मा १०७ सांसदहरुका लागि विनियोजित बजेट मध्ये ९२ करोड भुक्तानी हुन बाँकी छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्