कार्तिक ११, २०७७ मंगलबार

सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउन उपसभामुखलाई राजीनामा गराउने सचिवालयको निर्णय

Day Khadar २०७६ पुष २६, शनिबार

काठमाण्डौ । बैठकले प्रतिनिधी सभामा रिक्त रहेको सभामुख पदमा पार्टीको तर्फबाट उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

तर सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने टुंगो भइनसकेको उनले बताए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे ब्रिफिङ गरेका थिए । शुक्रबार अध्यक्षद्वयसँग भएको छलफलमा उपसभामुख तुम्बाहाङ्फेले पार्टीले सहमतिमा औपचारिक निर्णय गरे आफू राजीनामा दिन तयार भएको बताएकी थिइन् ।

सभामुख चयन हुन नसक्दा प्रतिनिधि सभाको बैठक यसअघि पनि पुस ११ र १६ गते दुई पटक सूचना टाँसेर स्थगित गरिएको थियो ।

आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक अगाडि नै सभामुखको टुंगो लगाउने भनिएपनि शनिवार साँझसम्म टुंगो लाग्न सकेको छैन । उपसभामुखको राजीनामा पछिमात्र सभामुखको टुंगो लगाउने सचिवालयको तयारी छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्