कार्तिक ११, २०७७ मंगलबार

आगामी माघ ६ गते सम्मका लागी प्रतिनिधिसभा बैठक स्थगित

Day Khadar २०७६ पुष २७, आइतबार

काठमाण्डौं । सत्तारूढ नेकपामा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक पुन: स्थगित गरीएको छ ।

आइतबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सहमतिको प्रयासमा  शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।

नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् । आइतबार दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक कुरा नमिलेपछि आगामी माघ ६ गतेसम्मका लागि स्थगित भएको छ ।

शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न आग्रह गरेका थिए तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्