कार्तिक १२, २०७७ बुधबार

रेशमलाल चौधरीलाई कुनै पनि हालतमा जेलबाट निकाल्छु: प्रचण्ड

Day Khadar २०७६ माघ २, बिहिबार

काठमाण्डौ: राजनीतिक अवस्था पेचिलो बन्दै गइरहेका बेला सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक विवादास्पद अभिव्यक्ति दिएका छन् ।

अध्यक्ष प्रचण्डले माघे संक्रान्तिका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा टीकापुर नरसंहारका मुख्य दोषी रेशमलाल चौधरीलाई कुनै पनि हालतमा निकालेरै छाड्ने उदघोष गरेका छ्न ।

बुधबार माघे संक्रान्तिको अवसरमा थारू समुदायले टुँडिखेलमा आयोजना गरेको माघी महोत्सवमा प्रचण्डले झुटा मुद्दा खारेज हुनुपर्छ भनेर पटक–पटक सरकारसँग बहस भइरहेको छ । केही साथी छुटेका छन्, रेशमजी लगायत साथी छुट्न बाँकी छन् । छुटाइन्छ, हेर्नुहोला । यसको परिणाम निस्किनेमा म तपाईंहरूलाई आश्वस्त पार्न चाहान्छु,’

अझ प्रचण्डले चौधरीलाई भारतको नयाँदिल्लीमा प्रधानमन्त्रीको हैसियतमा पहिलोपटक भेटेर नेपाल फर्काउनेदेखि सदरखोर डिल्लीबजारको भेटपछि सभामुख र सरकारसँग कुरा गरेर शपथग्रहणको वातावरण बनाउने मुख्य भूमिका आफैँले खेलेको स्मरण गरेका थिए ।

सोही कार्यक्रममा प्रचण्डले थारू समुदायलाई निर्णायक पहलबाट छिट्टै परिणाम आउन लागेको स्पष्ट संकेत दिएका छ्न् ।

२०७२ भदौ ७ मा कैलालीको टीकापुरमा एक बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित नौ जनाको हत्याको अभियोगमा कैलाली जिल्ला अदालतमा मुद्दा दायर भएपछि चौधरी भागेका थिए ।

निज चौधरी फरार रहेकै वेला उनी कैलाली- १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री केपी ओली र प्रचण्डकै पहलमा १९ पुस ०७५ मा शपथ लिएका चौधरीलाई २२ फागुन ०७५ मा जिल्ला अदालतले आजीवन जेल सजाँयको फैसला सुनाएको थियो ।

अहिलेपनि झुटा मुद्दामा फसाएको भन्दै राजपाले राजनीतिक मुद्दा भएकाले खारेज गर्दै रिहा गर्नुपर्ने माग गरिरहेको छ ।

यतिबेला प्रधानमन्त्री केपी ओली र प्रचण्डले चौधरीलाई रिहा गर्ने राजपालाई आश्वासन दिए पनि कुन बाटोबाट रिहा हुने प्रष्ट छैन ।

हत्याजस्तो जघन्य अपराधको मुद्दामा पक्राउ परेका चौधरीसहित अन्य नेता कार्यकर्तालाई विद्यमान कानुनभन्दा पनि राजनीतिक मुद्दा मानेर एकमुष्ट माफी मिनाह दिएर रिहा गर्नुपर्ने राजपाको माग छ ।

त्यस्तै पुनरावेदन मुद्दामा उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याएको अवस्थामा वा तत्कालका लागि धरौटीमा रिहा गर्न सक्ने कानुनविद्को भनाइ छ ।

यसअर्थ राजपालाई सरकारमा सामेल गर्न पनि प्रधानमन्त्री ओली र प्रचण्डले यो जोखिम उठाउन सक्ने सम्भावना पनि प्रवल देखिन्छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्