कार्तिक १२, २०७७ बुधबार

बालुवाटारको जग्गा विप्लवले झण्डा गाड्दैमा कब्जा हुँदैन: सञ्चारमन्त्री बाँस्कोटा

Day Khadar २०७६ माघ २, बिहिबार

काठमाण्डौ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन्।

बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपाले बुधबार साँझ सरकारद्वारा विवादित लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो।

सोही सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन्।

‘नेपाल सरकारले त्यस जग्गामाथि छानबिन गरिरहेको छ’, मन्त्री बाँस्कोटाले भने, ‘यो जग्गा कसैले कब्जा गर्दैमा, झण्डा गाड्दैमा कब्जा हुँदैन।’ उनले विप्लव समूहले चर्चामा आउनका लागि जग्गा कब्जाको हल्ला गरेको बताएका छन ।

सोहि जग्गामाथि सरकार आफैँले छानबिन गरिरहेको भन्दै त्यस्तो जग्गामाथि कब्जा गरे भन्नुको कुनै अर्थ नहुने बताएका छन।

उनले विप्लव समूहका हिंसात्मक गतिविधि सह्या नहुने बताएका छन। सरकार आफैँले जग्गाबारे छानबिन गरिरहेको छ। लुकेर हमला गर्दा त्यसले राम्रो गर्दैन। हामीले भनेको पुष्टि भयो’, मन्त्री बाँस्कोटाले भने, ‘सरकारले टावरमा हान भनेको छैन।

जनताको सम्पतिमा आक्रमण गरिएको छ। सरकार यस विषयमा सहनशील हुनै सक्दैन। सरकार यस्ता घटनामा खेद प्रकट गर्छ।’

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्