मंसिर २१, २०७८ मंगलबार

एक नेपाली सहित पाँच भारतीय सेनाको हिमपहिरोमा परि मृत्यु

Day Khabar २०७६ माघ ३, शुक्रबार

काठमाण्डौ । हिमपहिरोका कारण भारतको काश्मिरमा पाँच भारतीय सेनाको मृत्यु भएको छ।

भारतीय सेनाले जनाए अनुसार लगातार परेको हिमपातका कारण पाँच भारतीय सेनाको मृत्यु भएको हो । उक्त हिमपहिरोमा परेर एक नेपाली सैनिक पनि परेको सेनाले जनाएको छ। हिमपहिरोमा मृत्यु हुनेमा सैनिक जवान सैनिक लक्ष्मण बिसी रहेको सेनाले जनाएको छ।

हिम पहिरोबाट मृत्यु हुनेमा दुई नायक दर्जाका रामेश्वर कुमार र पुरुषोत्तम लाल रहेका छ्न् । त्यस्तै पहिरोमा चन्दबधन चौरसीया र रञ्जित सिंहको पनि मृत्यु भएको छ।

भारतका थल सेना प्रमुख मनोज मुकन्द नरवडेले मृतक सेना प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । हिमपहिरोमा परेर धेरै स्थानीयको पनि मृत्यु भएको सेनाले जनाएको छ। मृत्यु कति जनाको भएको भने हालसम्म खुलाएको छैन्।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्