कार्तिक १२, २०७७ बुधबार

झण्डै ४० प्रतिशतले चिकित्सकको परामर्श शुल्क बढाउने प्रस्ताव

Day Khadar २०७६ माघ ३, शुक्रबार

काठमाण्डौ ।  चिकित्सकहरुको परामर्श शुल्क बढाउने प्रस्ताव भएको छ ।

पाँच बर्ष अघि तोकिएको शुल्क भन्दा करीब करीब ३९ प्रतिशत बृद्धि गरी शुल्क बढाउन चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकनको सिफारिस गर्न गठित समितिले यस्तो प्रस्ताव गरेको हो ।

समितिले करीब ५ महिना अघि नै यो प्रस्ताव तयार गरी मन्त्रालयमा बुझाईसकेको छ । तर सरोकारवालासँगको थप छलफल आवश्यक भएको भन्दै प्रस्ताव मन्त्रालयमै थन्किएको छ ।

समितिले तयार पारेको प्रस्तावमा एमबीबीएस तथा बीडीएस पास गरेको पाँच बर्ष ननाघेका चिकित्सकको परामर्श शुल्क (कन्सलटेशन फि) ३४७ रुपैयाँ तोकिएको छ ।

त्यसअन्तरगत पाँच बर्ष अघि यो तहका चिकित्सकको शुल्क २५० तोकिएको थियो । यस्तै पाँच बर्ष बढी अनुभव प्राप्त एमबीबीएस तथा बीडीएस चिकित्सकहरुको शुल्क ४१६ रुपैयाँ ५८ पैसा तोकिएको छ । पाँच बर्ष अघि यो तहका चिकित्सकको शुल्क ३०० तोकिएको थियो ।

विशेषज्ञ एमडीएमएस एमडीएस तह उत्तीर्ण गरेका नयाँ चिकित्सकको शुल्क ६२५ रुपैयाँ तोकिएको छ । पाँच बर्ष अघि यो तहको चिकित्सकलाई ४५० शुल्क तोकिएको थियो । यहि तह उत्तीर्ण गरेका तर पाँच बर्ष बढी अनुभव प्राप्त चिकित्सकलाई परामर्श शुल्क ६६० तोकिएको छ । पाँच बर्ष अघि यो तहको चिकित्सकको शुल्क ४७५ रुपैयाँ तोकिएको थियो ।

साथै समितिले यसपटक डीएम एमसीएच गरी पाँच बर्ष कम अनुभव प्राप्त चिकित्सकको शुल्क ७२५ रुपैयाँ तोकेको छ । यस्तै एमडी एमएस एमडीएस गरी १० बर्ष बढी अनुभव प्राप्त चिकित्सकको शुल्क ७७५ रुपैयाँ तोकेको छ ।

सदस्य डा बुढाथोकीका अनुसार प्रस्तावमा यो शुल्कमा नर्सिङ होम तथा अस्पतालले बढीमा २० प्रतिशत र्सिर्भस चार्ज लिन सक्ने समेत प्रस्ताव भएको छ ।

जुन समितिले तयार गरेको शुल्कको प्रस्ताव गत साउनमै सुझावका लागि बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाएको थियो । तर त्यहाँबाट सुझाव विना नै फर्काईदिने गरेको छ ।

परामर्श शुल्क प्रस्ताव:

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्