मंसिर २१, २०७८ मंगलबार

अमेरिकाद्वारा ६ देशमाथि भिसा प्रतिबन्ध

Day Khabar २०७६ माघ २०, सोमबार

काठमाण्डौं: अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गर्दै म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ ।

जनवरी ३१ मा एक विज्ञप्ति प्रकाशित गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेको अन्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

बर्माका आप्रवासीहरुले अमेरिका आउन नपाउने भएका छन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा यस्तो निर्णय गर्न सक्ने बताइएको छ ।

विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

डे खबर प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

daykhabar7@gmail.com

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्