कार्तिक ५, २०७७ बुधबार

सर्वाधिक १०० गोल गर्दै सहिद स्मारक ए डिभिजन लिगमा सन्तोषको किर्तिमान

Day Khadar २०७६ पुष २३, बुधबार

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा सन्तोष साहुखल सर्वाधिक १०० गोल गर्ने पहिलो खेलाडी घोषित भएका छन्।

बुधबार दशरथ रंगशालामा भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा च्यासल युथ क्लबका फरवार्ड साहुखलले गोल गर्दैं नेपाली घरेलु लिगमा आफ्नो १ सय गोलको किर्तिमान बनाएका हुन् ।

च्यासल फुटबल क्लबका कप्तान समेत रहेका साहुखलले पुलिसविरुद्धको खेलको १८ मिनेटमा गोल गर्दै कीर्तिमान बनाएका हुन्।

अघिल्लो लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरीसकेका थिए। यो सिजनमा साहुखलले पहिलो खेलमा संकटाविरुद्ध २ गोल र दोस्रो खेलमा मछिन्द्रविरुद्ध १ गोल गरे।

उनकै गोलमा च्यासलले पहिलो खेलमा संकटामाथि २-० गोलको जित र मछिन्द्रमाथि १-१ गोलको बराबरी खेलेको थियो। २०६० सालदेखि लिग खेल्न सुरु गरेका साहुखल नेपाली लिगका सर्वाधिक गोलकर्ता हुन्। थ्रीस्टारबाट आफ्नो लिग यात्रा सुरु गरेका उनले डेब्यू खेलमै गोल गरेका थिए।

यो सिजनसहित दशवटा लिग खेलेका साहुखलले ६ सिजन थ्रीस्टारबाट खेले। उनले २०६६/६७ को लिग सिजनमा सर्वाधिक १९ गोल गरे। उनी हाल जापानमा बस्दै आएका छन्। जापानमै बच्चाहरुलाई प्रशिक्षण दिन्छन् र आफू पनि खेल्छन्।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्