कार्तिक ५, २०७७ बुधबार

३ हप्ताको लागि सर्वोच्च अदालत बन्द हुने: बार एशोसिएशन (बिज्ञप्ति सहित)

Day Khadar २०७६ चैत्र ४, मंगलबार

४ चैत, विश्वभर महामारीको रुपमा फैलिंदै गएको कोरोना भाइरस जोखिम नियन्त्रण गर्न भन्दै कम्तीमा ३ हप्तासम्म सर्वोच्च अदालत बन्द हुने भएको छ ।

चैत ४ गते बसेको बार एशोसिएशनको आकस्मिक बैठकले कोरोनाबाट नेपालसमेत उच्च जोखिममा रहेको भनी सबैको जानकारीको लागि बिज्ञप्ती जारि गरेको छ ।

नेपाल विश्व स्वास्थ्य संगठनबाट सूचीकृत भएको साथै नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतता अपनाउनु पर्ने र भीडबाट नजानु भन्ने अनुरोध गरिरहेको र देशका विभिन्न भागबाट यात्रा गरी अदालतको उपयोग गर्न सर्वसाधारण तथा कानून व्यवसायीहरु समेत सम्मानित सर्वोच्च अदालतमा उपस्थित हुन बाध्य हुनुपर्ने अवस्था भएको एवं अदालत परिसरमा अत्याधिक संख्यामा मानिस उपस्थित हुने स्थल भएकोले संभावित संक्रमणको परिस्थितिलाई न्यूनीकरण गर्न र सावधानी अपनाउन सुचित गरेको उल्लेख छ ।

बन्दीप्रत्यक्षीकरण बाहेक अन्य प्रकृतिका मुद्दा मामिलामा कम्तीमा तीन हप्ताको लागि सर्वोच्च अदालत बन्द गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतलाई अनुरोध भएको पत्रमा लेखिएको छ ।

बिज्ञप्ति पढनुहोस:

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्