कार्तिक ११, २०७७ मंगलबार

१० रुपैयाँले घटयो पेट्रोल, डिजेल र मट्टीतेल (बिज्ञप्ति सहित)

Day Khadar २०७६ चैत्र १९, बुधबार

१९ चैत, कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।

सोही अनुरुप निगमले आज राति १२ बजेपछिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरेको छ । यसैगरी डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०, १० रूपैयाँ घटाइएको छ ।

२०२० अप्रिल १ मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम संचालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजल/मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

नेपाल आयल निगमले बुधबार निकालेको बिज्ञप्तिमा हाल विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अत्याधिक गिरावटको कारण १ अप्रिल २०२० मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मुल्य घटेर आएको हुँदा निगम सञ्चालक समितिको १९ गतेको निर्णयअनुसार निगमले चैत १९ गतेको राति १२ बजेदेखि लागू हुने गरी साविक खुद्रा विक्री मूल्यमा १० ले घटाई काठमाडौंका लागि पेट्रोलको खुद्रा मूल्य ९६ रुपैयाँ प्रतिलिटर र डिजेल मटितेल खुद्रा मूल्य मूल्य रु ८५ प्रतिलिटर कायम गरेको भनिएको छ ।

हेर्नुहोस बिज्ञप्तिः

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्