कार्तिक १२, २०७७ बुधबार

काेराेना भाईरस जितेर डिस्चार्ज हुने उनी चौथो व्यक्ति हुन

Day Khadar २०७७ बैसाख ७, आइतबार

७ वैशाख, १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका कैलाली लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट आईतबार डिस्चार्ज भएका छन् ।

२१ वर्षीय कोरोना संक्रमित युवकलाई आइतबार अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। निज युवक भारतबाट आएका थिए उनि लम्कीचुहाका रहेका छन ।

चैत २२ गते पिसिबारबाट कोरोना संक्रमणको पुष्टि भएको थियो।  दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताएका छन ।

उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।  कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज भएका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।  यससँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर डिस्चार्ज हुने उनी चौथो व्यक्ति भएका छन्।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्