कार्तिक १२, २०७७ बुधबार

नेपालमा कोरोना संक्रमित ५२ पुगेः वैशाख २५ सम्म लकडाउन थप

Day Khadar २०७७ बैसाख १४, आइतबार

१४ वैशाख,  आईतबार  झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्।

यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना देखिएकाे छ। योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

यसैगरी आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले वैशाख २५ गतेसम्म लकडाउन थप गरेको छ । लकडाउन थपिएको यो चौथोपटक हो। गत चैत

११ गतेदेखि सुरु भएको लकडाउन पहिला दुई पटक एक एक हप्ता र त्यसपछि १५ दिन थप गरिएको थियो। तेस्रो पटक थपिएको लकडाउनको अवधि सोमबार १५ गते समाप्त हुँदैछ।

यसअघि शनिबार बसेको कोरोना नियन्त्रणसम्बन्धि उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न सरकारलाई सिफारिस गरेको थियो।  उच्चस्तरीय समितिले बनाएको कार्यदलले एक हप्ता लकडाउन थप गर्न र लकडाउन केही खुकुलो बनाउन सिफरिस गरेको थियो।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्