मंग्सिर ९, २०७७ मंगलबार

एसईईको आन्तरिक मुल्यांकन निष्पक्ष बनाउन निर्देशन

Day Khabar २०७७ असार १८, बिहिबार

कोरोना महामारीका कारण स्थगित कक्षा १० को एसईई परीक्षाको आन्तरिक मुल्यांकनको नतिजा जतिसक्दो निष्पक्ष बनाउन निजी क्षेत्रका शैक्षिक संगठनहरुले निर्देशन दिएका छन् । नीजि शैक्षिक संस्थाहरु आबद्ध शैक्षिक संगठनहरु नेशनल प्याब्सन र ब्याब्सनले आफ्नो बिद्यालयको कम्तिमा ३ बर्षको एसईई रिजल्टको समेत अध्ययन गर्न निर्देश दिएका छन् ।

बिद्यार्थीहरुको आन्तिरिक मुल्यांकन गर्दा स्वतन्त्र र निष्पक्ष भई बिद्यार्थीको मुल्यांकन गर्न तथा मुल्यांकनका आधारहरु समेत अभिलेख राख्न भनेको छ । साथै राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक नगरुञ्जेल गोप्यता कायम गर्दै नतिजाको अनावश्यक प्रचारप्रसार नगर्न पनि निर्देशन दिएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्