मंग्सिर ९, २०७७ मंगलबार

पोर्न साइट बनाएर चलाएको आरोपमा एक पक्राउ

Day Khabar २०७७ असार ३०, मंगलबार

काठमांडौः  प्रहरीले पोर्न साइट बनाएर चलाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोपमा पक्राउ गरेको हो ।

श्रेष्ठले चितवनकी एक १७ वर्षीया किशोरीको अश्लिल भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नविन्द अर्यालले बताएका छन् । श्रेष्ठले ती बालिकाको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडितको तर्फबाट साइबर ब्युरोमा उजूरी परेको थियो ।

उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ । प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद ९ मा उल्लखित कसुरमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशन गरेको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धीत समाचार

.........युज नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नंः- १७९०/०७६-२०७७

सम्पादकः-

daykhabar.com@gmail.com

+977-123456789

www.daykhabar.com

हाम्रो बारे

हामीसँग जोडिनुहोस्